दाउन्नेबाट १ सय ५० एम्पुल लागूऔषधसहित चौधरी पक्राउ
नवलपुर | साउन ६, २०८०
नवलपरासी (पूर्व): विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरी रहेका छन् ।
उनको साथबाट बुप्रेनोर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनारगन ५० एम्पुल बरामद गरेको छ ।
प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३–००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित चौधरीलाई फेला पारेको थियो ।
पक्राउ परेका उनीमाथि लागुऔषध कसुरमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

